नियम १६
साधारण सभा स्थगित गर्ने अधिकार
साधारण सभाको अध्यक्षले मनासिब कारण भएमा सो सभालाई अर्को समय र स्थानको निमित्त स्थगित गर्न सक्नेछ ।
तर एक सभामा राखिएको काम कार्यहरू नसिद्धिई अर्को पटक बस्ने गरी सभा स्थगित गरिएमा अघिल्लो सभामा नसिद्धिई बाँकी रहेका काम कार्यहरू बाहेक अरू कुनै कार्य सम्पादन गर्न सकिने छैन ।